तामागढी साकोसको फत्तेपुरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
428 पाठक संख्या

फत्तेपुर : तामागढी बचत तथा ऋण सहकारी संस्थाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ अन्तरगतको फत्तेपुरमा शनिवार सदस्य शिक्षा एवम बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ ।

सहकारीको सिमरा सेवाकेन्द्रको आयोजना भएको उक्त सदस्य शिक्षा कार्यक्रममा फत्तेपुरका ५० ना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारी संंस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले सहकारीको परिचय,ऐन,नियम र संस्थाको बिषयमा जानकारी गराउनुभयो।

यस्तै सिमरा सेवा केन्द्र प्रमुख उमेश सापकोटाले बचत तथा बित्तीय ब्यावस्थापनको बिषयमा तथा खोपवा सेवाकेन्द्र प्रमुख,कुमार सानू प्रसाद चौधरी सहजीकरण गराउनुभएको थियो ।

सिमरा सेवा केन्द्रका संयोजक सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन समारोहमा संस्थाका संचालक समितीका सहसचिव रामकाजी खड्का,स्थानीय स्नोपेक्स एकेडेमी फत्तेपुरकी प्रीन्सिपल मिनादेवि चौधरी लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सिमरा सेवा केन्द्र सदस्य सम्भु साहले गर्नुभएको संस्थाले जनाएको छ ।

Leave a review