पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार निःशुल्क ऑखा शिविर तथा नाक कान घाटी परीक्षण शिवीर सम्पन्न भएको छ ।
सो शिवीरमा २ सय ३५ जनाको परीक्षण गरिएको छ । जसमा ४५ जना नाक कान घाँटीका बिरामीहरु रहेका थिए ।सो मध्ये १६ जनालाई निशुल्क औषधी पनि वितरण गरिएको थियो ।
४६ जना मोतियॉविन्दका बिरामीलाई २४ गते आइतवार का दिन वीरगंजस्थित दृष्टि ऑखा अस्पतालमा शल्यक्रिया गरिने छ ।
मोतियाविन्दूका विरामीलाई औषघी चश्मा ब्लड टेस्ट लगायत लाग्ने कूल खर्च को ७० प्रतिशतको छुटका साथ शल्यक्रिया गरिने डा.मुकेश यादवले बताए ।
दाइजो एवम सामाजिक कुरिति विरुद्ध जागरण मंच, जनसेवा,सामाजिक संस्थाको संयुक्त आयोजनामा सो शिवीर सम्पन्न भएको हो ।
दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा सो शिवीर सम्पन्न भएको हो ।


