कलैया-२७ मा जारी फुटबल प्रतियोगिताको दोस्रो दिन हरैया एफसी र एसवाईसी टाँगिया बस्ती विजयी

साझेदारी डेलि
43 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका-२७ बरवामा सञ्चालन भइरहेको चौथो वडा अध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्। शुक्रबार भएको पहिलो खेलमा हरैया एफसी र दोस्रो खेलमा एसवाईसी टाँगिया बस्ती विजयी भएका छन्।

बरवा खेल मैदानमा भएको पहिलो खेलमा बनठा कटि र हरैया एफसीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा हरैया एफसीले १ गोल गर्दै जित हासिल गरेको आयोजकले जनाएको छ।

त्यस्तै, दोस्रो खेलमा एसवाईसी टाँगिया बस्ती र श्री यूनिक युथ क्लब सिमरा रौतहटबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा एसवाईसी टाँगिया बस्तीले ४ गोल गर्दै शानदार जित हासिल गरेको छ।

ब्रह्मबाबा युवा क्लब बरवाको आयोजनामा तथा कलैया उपमहानगरपालिका वडा नं. २७ को सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उप-विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष प्रदुमन चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार प्रतियोगिताअन्तर्गत शनिबार दिउँसो १ बजे कलैया-२४ र जी एफसी गमरगावाबीच तथा दिउँसो ३ बजे कोनिया वीरगञ्ज र थारु-११ बीच खेल हुने छ ।

Leave a review