सिम्रौनगढवासीले मुख्यमन्त्री र नगरप्रमुखको राजिनामा माग गर्दै कलैयामा गरे प्रदर्शन

साझेदारी दैनिक
1.1k पाठक संख्या

बाराको सिम्रौनगढवासीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारका माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले बिहीबार बाराको कलैयामा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले बुधबार सिम्रौनगढमा भएको घटनाको विरोध गर्दै यसरी प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालय बारा अगाडी नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक लगायतकालाई कारवाही गर्न माग गरेका छन् । मेयर तिम्रो पाराले दुख पाए साराले भन्दै उनीहरुले नारावाजी गरेका हुन् ।

नारावाजी गर्नेमा करारका शिक्षक तथा जनप्रतिनिधिहरु रहेका थिए ।

प्रहरीले चलाएको गोली टाउकोमा लागि सिम्रौनगढ वडा नम्बर १ नन्दसगराघाट वस्ने २५ वर्षीय युवक लक्ष्मी मुखियाको ज्यान गएको थियो ।

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा नगर प्रमुख किशोरी प्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्रलाई हाजिर गराउन लैजादा तनाव भएको थियो ।

सो क्रममा प्रतिपक्षी तथा अनशनमा वसेका व्यक्तिहरुले ढुंगामुढा गरी नगरपालिकाको नगरपालिकाको बा २ झ ४३५४ गाडीलाई क्षति पु¥याएका थिए ।

नगरपालिकाको भवनमा तोडफोड गरेको दावी गरिएको छ ।सो घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३० राउण्ड अश्रुग्यास तथा २० राउण्ड हवाई फायर गरेको थियो ।

सो पछि ढुंगामुढाबाट १० जना प्रहरी गरी १८ जना भन्दा बढी घाइते भएका छन् । बाराको सिम्रौनगढमा करार कर्मचारी, तथा शिक्षकहरु करिब दुई महिना देखि तलब माग गर्दै आन्दोलनमा रहेका छन् ।

जनप्रतिनिधिहरु नगर सभा गर्न भनेर आन्दोलित रहेका छन् । स्थानीय तहको निर्वाचन पछि मेयर कलवार विजयी भए पनि उनी अल्पमतमा रहेका छन् ।बहुमतमा रहेको पक्ष कलवारको प्रतिरोध गरिरहेका छन् ।

टाउँकोमा गोली लागि मृत्यु हुने मुखिया सर्वसाधारण हुन् । सिम्रौनगढ बजारबाट फर्किने क्रममा उनलाई गोली लागेको स्थानीयको दावी रहेको छ । दुई महिना देखि सिम्रौनगढमा आन्दोलन भइरहेको छ ।

Leave a review

This will close in 0 seconds