मृत्युपछि कोरोना संक्रमण देखिएका बालकका सम्पर्कमा आएका ३२ जना ब्यक्तिको रिपोर्ट नेगेटिभ

साझेदारी दैनिक
साझेदारी दैनिक 574 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
उपचारको क्रममा मृत्यु भएका  निजगढका बालकमा  कोरोना संक्रमण देखिएपछि उनका  सम्पर्कमा आएका ३२ जना  ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

क्न्ट्याक्ट ट्रेसिङ गरी बालकको सम्पर्कमा आएका आमाबुवा सहित ३२ जनाको पिसिआर  रिपोर्ट  नेगेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।

यही जेठ  ३० गते निजगढ नगरपालिका वडा नं.६ माथिल्लो योजना टोलका  शारीरिक रुपले असक्त  पाँच बषिय बालको बिरगंज स्थि हेल्थ केयरमा मृत्यु भएको थियो । मृत्युपछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

बालकको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा आउने ३२ जना ब्यक्तिहरुको असार ३ गते स्बाब सङकलन गरी नारायणी अस्पतालमा पि.सि.आर. परिक्षणको लागि पठाईएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review