दंगाल दम्पतिद्वारा विवाहको खर्च मानव सेवा आश्रमलाई

रञ्जन यादव
605 पाठक संख्या

पछिल्लो समय विवाह समारोहमा तक भक हुने गरेको छ । देखावटी रुपमा ठूलो बन्न र आफु केही छु भन्ने अहंकारमा ऋण खोजेर भएतापनि विवाह बिभिन्न तारे होटेलहरुमा गर्ने गरिनछ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहिसकेका फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल ब्यवस्थापन तथा सरोकार समितिका संयोजक रबिराज दंगालले यस प्रथा विरुद्ध उभिएका छन् । उनले टिकाटालो गरी सधारण तरिकाले आफनो बिवाह सम्पन्न गरेका छन् ।

मंसिर २९ गते काठमाण्डौंमा निकै साधारण र एकदमै सरल तरिकाले टिकाटालो शैलीबाट विवाह गरेका हुन्। सप्तरी मुलघर भई काठमाण्डौं बस्दै आएकी रेश्मी लामिछानेसँग विवाह दंगाल विवाह बन्धनमा बाँर्धिका हुन्।

दंगालले निजगढ नगरपालिका वडा नं.४ पुरानो टोलमा बावा रामेश्वर मन्दिर परिसरमा मानव कल्याण समाजको भवन निर्माण बिवाहकोलागि छुट्याएको रकम आर्थिक सहयोग गरेका छन् ।

भोज गर्ने खर्च निजगढमा निर्माणको अवस्थामा रहेको मानव सेवा आश्रमलाई चेक मार्फत एक लाख २५ हजार र दक्षिणमा जम्मा भएको ७ हजारसहित एक लाख ३२ हजार सहयोग रकम उनले हस्तान्तरण गरेका हुन् ।

बरबधुलाई दक्षिणा दिनु नपर्ने भनिएपनि केहि आफन्तले परम्परा स्वरुप दक्षिणा मार्फत दिएको करिब सात हजार नगद उनले आश्रमलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।

Leave a review

This will close in 0 seconds