बारामा नेपाली सेनाद्वारा हेलिकप्टरबाट हवाई गस्ती

साझेदारी डेलि
190 पाठक संख्या

कलैया । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत आज भइरहेको मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बारा जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

मतदान प्रक्रियाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती सुरु गरेको छ । बाराका चारवटै निर्वाचन क्षेत्रमा रहेका ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रको सुरक्षा निगरानीका लागि सेनाले आकाशबाट गस्ती गरिरहेको हो ।

विशेष गरी सीमावर्ती क्षेत्र र सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका मतदान केन्द्रहरूमा हवाई गस्तीमार्फत उच्च निगरानी राखिएको सुरक्षा स्रोतले जनाएको छ ।

Leave a review