रौतहटबाट कैलाली सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको बिदाइ

साझेदारी दैनिक
522 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको भव्य बिदाई गरिएको छ । रौतहटबाट कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएपछि मिश्रको बिदाई गरिएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय गौरमा आयोजित बिदाइ कार्यक्रममा रौतहट जिल्ला भरिका अधिकाँश पालिका प्रमुख तथा प्रशासकीय अधिकृतहरुले आगामी यात्राको सफलताको लागि शुभकामना दिदै मिश्रलाई बिदाई गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको रुपमा २०७९ माघ मा रौतहट आएका मिश्रले जिल्लामा सरकारी सेवालाई प्रभावकारी बनाउन भरमग्दुर प्रयास गरेका थिए ।

सरकारी सेवालाई प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुलाई प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा कारवाही गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउन मिश्रले कार्यकालमा सेवा समय थप पनि गरेका थिए । उनले राहदानी लिनेहरुको व्यापक भीड देखेपछि सेवाग्राहीलाई सर्व सुलभ सेवा पाउन बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म दुई सिफ्ट गरि राहदानी सम्बन्धि सेवाको शुरुवात गरेको थियोे ।

रौतहटको बसाईको क्रममा जिल्लाको शान्ति,सुरक्षा,सुव्यवस्था र अपराध नियन्त्रण,शासकीय प्रबन्ध एवम् सुशासन, सेवा प्रवाह सरलीकरण,गुनासो व्यवस्थापन,लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन,राजस्व चुहावट नियन्त्रण, मुआब्जा वितरण एवम् व्यवस्थापन,विकास व्यवस्थापन एवम् सहजीकरण लगायतका कामहरु गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

रौतहट बस्दा रौतहटबासीको अपार माया पाएको भन्दै उनले सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । प्रजिअ मिश्रको सरुवा भएसंगै फेरि गृह मन्त्रालयले रौतहटको सिडियोको रुपमा हिरालाल रेग्मीलाई खटाएको छ ।

Leave a review