बारामा सर्पदंशबाट एक बालिकाको मृत्यु

साझेदारी डेलि
112 पाठक संख्या

कलैया । बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ।

परवानीपुर गाउँपालिका–५ नौतन टोल निवासी मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारीको सर्पदंशबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आइतबार राति ११ः५५ बजेको समयमा आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेपछि बिरामी परेकी थिइन्। उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले ईसिजी जाँच गर्ने क्रममा सोमबार राति १२ः२९ बजे बालिकालाई मृत घोषणा गरेका थिए।

घटनाबारे अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् । उनका अनुसार बालिकाको शव नारायणी अस्पतालमै रहेको छ।

Leave a review