३६ किलो लागू औषध गाँजा सहित स्कारपिओ नियन्त्रणमा

साझेदारी दैनिक
363 पाठक संख्या

बारा प्रहरीले शुक्रबार ३६ किलो लागु औषध गाँजा सहित एक भारतीय नम्बरको स्कारपियोलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी,पथलैया बाराबाट खटिएकोप्रहरी टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया स्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको डि.एल ४ सिएन.बि.३६८१ नम्बरको भारतीय स्कारपिओ गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

सो स्कारपिओलाई शंकास्पद लागि जाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको अं.३६ किलो अबैध लागू औषध गाँजा बरामद गरी गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडीलाई आवश्यक कानूनी कारवाही गर्ने प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review