अवैध प्याजसहित पिकअप नियन्त्रणमा

साझेदारी दैनिक
357 पाठक संख्या

बारा प्रहरीले अवैध प्याज सहित पिक अप भ्यान आइतबार नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले सो भ्यान नियन्त्रणमा लिएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबाट सो पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट चितवन जादै गरेको प्र.२०३–००१च६२०३ न.को पिकअप गाडीलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको ६० बोरा प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्दाजी मूल्य एक लाख ८१ हजार रूपेयाँ बराबरको ६० बोरा करिब तीन हजार किलो प्याज सहित पिक अप प्रहरीले नियन्त्रणमा लिएको हो ।

पिकअप र प्याजलाई आवश्यक कानूनी प्रकृया पुरा गर्न काम अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds