Sajhedari Daily
Latest News from Nepal

जितपुरसिमरा उपमहानगरपालिकामा दुईजना स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना भाईरस संक्रमण,बारा जिल्लामा संक्रमितको सङख्या ३ सय ६० पुग्यो

Top Aside Banner

रञ्जन यादब/
बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आज दुईजना स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना भाईरस संक्रमण पृष्टि भएको छ । जसमा ६ जना महिला र १४ जना पुरुष रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिनुभयो ।

संक्रमण देखिने स्वास्थ्यकर्मीमा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रका हेल्थ असिसटेन्ट एक जना र सिमरा प्राथमिक स्वास्थ्य केन्द्रका एक जना ल्याब टेक्निसीयन रहेका छन् । संक्रमितहरु उपमहानगरपालिका वडा नंं.१ का १० जना , वडा नं. ३ का १ जना , वडा नं. ७ का १ जना ,वडा नं. १५ का १ जना ,वडा नं.१६ का २ जना ,कलैया स्थायी घर भएका २ जना र बाँकी दुई जनाको पहिचान खुल्न सकेका अधिकृत ठाकुरले बताउँनुभयो ।

साउन २४ गते संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा सम्पर्कमा आएका १ सय ४ जनाको स्बाब सङकलन गरिएको थियो । जसअनुरुप २० जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना भाईरस संक्रमण देखिनेको सङख्या ५९ जना पुगेको छ ।

हालसम्म बारा जिल्लामा ३ सय ६० जनामा कोरोना भाईरस संक्रमण देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । जसमा १ सय २२ जना आईसोलेसनमा र १ सय ९२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै साँत जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो ।