परवानीपुरमा समाचार लेखन तथा भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम

साझेदारी दैनिक
साझेदारी दैनिक 1.1k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको परवानीपुरमा एक दिने समाचार लेखन तथा भित्तेपत्रिका प्रकाशन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ लिपनीमालमा आयोजित उक्त तालिमको नेपाल ग्रामिण पुनरनिर्माण संस्था (आरआरएन)को आयोजना तथा चाईल्ड नेपाल, संरक्षण नेपालको सहकार्यमा संचालन गरिएको हो ।

तालिममा गाउँपालिकाका विभिन्न वडाहरुमा रहेका सम्वाद केन्द्रका १८ जन एमिनेटरहरुको सहभागिता रहेको थियो । तालिममा सूचनाको हकका अभियान्ता एवम् साझेदारी राष्ट्रिय दैनिकका सहसम्पादक सन्तोष पाण्डेले प्रशिक्षण गराएका थिए ।

तालिमको उद्घाटन समारोहमा आरआरएनका सिनियर सम्वाद अधिकृत युवराज कार्कीले तालिमका उदेश्यका वारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमको संचालन फिल्ड सुपरभाईजर सुनेश्वर साहले गरेका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review