पर्सा ११ लाई एक सय रनको फराकिलो अन्तरले पराजित गर्दै वीरगञ्जमा सम्पन्न भएको प्रो क्लब च्याम्पियनशिप क्रिकेट प्रतियोगिताको उपाधिमाथि नेपाल पुलिस क्ल्बले कव्जा गरेको छ ।
फाईनल म्याचमा पर्सा ११ लाई पुलिसले हराउदै उपाधि चुम्न सफल भएको हो ।नारायणी रँगशालामा भएको फाईनल खेलमा पुलिसले पर्सा ११ लाई जितको लागि एक सय ४६ रनको लक्ष्य दिएको थियो ।
फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।एक सय ४६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको पर्सा ११ ४५ रनमै समेटिएको थियो ।
पर्सा ११ का कप्तान सन्दिप लामिछानेले भने फाईनल म्याच खेलेनन ।यसअधि शुक्रबार भएको सेमिफाईनल खेलसम्म पर्सा ११ बाट खेलेका लामिछाने शनिबारको फाईनलमा खेलेनन् ।
लामिछानेलाई अदालतले शुक्रबार नै बालात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मीले भारतको वन्डर्स क्लबन नोयडालाई ६ विकेटले हराउदै तेस्रो स्थानमा रहन सफल भएको छ ।


