पटके सवारीको अनुमति लिन वीरगञ्ज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) सञ्चालनमा आएको छ ।
बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गतेदेखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो ।
पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्री चन्दन सिंहले गरे । उनले यस पटके सेन्टर संचालनमा आएकोले सवारी पटके इजाजत लिन वीरगञ्ज र हेटौडा जानुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् ।
उनले मधेश प्रदेशको यातायात क्षेत्रमा रहेकाहरुको लागि सुखद पक्ष रहेको जनाए । यस पटके सेन्टर संचालनबाट पथलैयाबासीहरुको व्यापार क्षेत्रमा पनि मद्दत पुग्ने बताए ।
कलैया उपमहानगरपालिका वडा नं. ३ गंगापूरस्थित मंसिर २५ गते उद्घाटन भई पुस ११ गतेदेखि सेवा संचालन गर्दै आएको छ ।
यातायात व्यवस्था कार्यालय कलैयाले सवारीहरुको पटके इजाजत लिन वीरगंज हेटौडा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पटके सेवा सहज पु¥याउने उद्देश्यले पुस १६ गतेदेखि हेटौडा – वीरगंज एवं पूर्व पश्चिम राजमार्गको बीचमा पर्ने पथलैयामा पटके सेन्टर संचालनमा ल्याएको हो ।
यस कार्यालयबाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने छ ।यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घण्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैयामा अस्थायी रुट इजाजत शाख (पटके सेन्टर) संचालन हुन सुखद पक्ष रहेको बताए ।
उनले यहाँ पटके सेवा मात्र नभई लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता थप सेवा यहाँबाट नै प्रदान गर्ने ब्यवस्था मिलाई दिन मधेश प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि सिंहसँग आग्रह समेत गरे ।

