चार करोड छयासी लाख चौबीस हजार आठ सयको ईलेक्ट्रोनिक भेप बरामद

साझेदारी दैनिक
354 पाठक संख्या

चार करोड ८६ लाख २४ हजार आठ सय रुपैयाँ बराबरको ईलेक्ट्रोनिक भेप पर्सा प्रहरीले वीरगञ्जबाट बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–६ बस्ने राम प्रसाद बैरेको पकी घरकोठामा भण्डारण गरी राखिएको अवस्थामा उक्त ईलेक्ट्रोनिक भेप प्रहरी द्वारा बरामद गरिएको हो ।

बरैको घरमा कोठा भाडामा लिई भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको अवस्थामा एल्फबर राया डी३ २५हजार प्फस ७६ कार्टुन ईलेक्ट्रोनिक भेप प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको ईलेक्ट्रोनिक भेप १५ हजार दुई सय पिस रहेको छ । त्यसको बजार मूल्य चार करोड ८६ लाख २४ हजार आठ सय बराबरको रहेको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद ईलेक्ट्रोनिक भेपलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds