ट्रान्सफरमर चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा

साझेदारी दैनिक
362 पाठक संख्या

नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमर चोरी गर्ने प्रहरीको फन्दामा परेको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं.०३ श्रीनगर बैरियाबाट मंसीर १३ गते राति चोरी भएको थियो ।

पुस २३ गते पचरौता नगरपालिका वडा नं.०५ बेल्दारीस्थितबाट चोरी भएको सूचना प्राप्त हुन साथ ट्रान्सफरमा र चोरलाई खोजलतास गर्दै जाने क्रममा प्रहरीले फेला पारेको छ ।

पचरौता नगरपालिका वडा नं.०५ तियर खोलामा लुकाई छिपाई राखेको चोरी भएको समान सहित पुस १६ गते १८ः३० समयमा नियन्त्रणमा लिईएको छ ।

प्रहरीले भारत,मोतिहारी जिल्ला,विन्धवा सोनीमा ग्राम बस्ने प्रभु यादवको २२ वर्षीय छोरा जैसिलाल यादवलाई नियन्त्रणमा लिएको छ ।

यादवमाथि चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालत बाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले यचटि कोइल दुई थान र एलटि कोइल छ थान बरामद गरेको जनाएको छ ।

Leave a review