कलैया । जेनजी युथ अफ कलैया उपमहानगरपालिका कमिटीले आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा आज भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा सञ्चारकर्मी प्रहलाद चौरसिया,जेनजी युथ अफ कलैया उपमहानगर कमिटीका संयोजक सौरभ पाण्डे,रोहित पटेल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जेनजी युवाहरु लगायत ५१ जना पुरुष र ३ जना महिला गरि ५४ जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिएका छन् ।
प्रादेशिक अस्पताल कलैया ब्लड बैंकमा रगतको अभाव भएकोले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जेनजी युथ अफ कलैया उपमहानगर कमिटीका संयोजक सौरभ पाण्डेले जानकारी दिए ।
उक्त कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर -३ मा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका रामबाबु कुमार यादव,रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द साह,प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका नजदा खातुन,कृष्ण यादव,जेनजी युथ अफ कलैया उपमहानगरपालिका कमिटीका पदाधिकारी,सौरभ चौगाई,सुरक्षाकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो।









