बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका पिडित अब्दुल मजिदले आफुले दिएको निवेदनमा सुनुवाई नभएको गुनासो गरेका छन् । कलैयामा पत्रकार सम्मलेन गरि आफनो दुई बुहारीहरु सबिना र सकिनालाई जन्मदिनका परिवारका सदस्यहरु मोमताज, जुमन, आलमोनी लगायतका महिलाहरुले समेत कुटपिट गरी घाईते बनाएकोमा न्यायका लागि प्रहरी कार्यालयमा उजुरी लिएर जदा वडा अध्यक्ष डा. अख्तर अंसारीको सिफारिसमा प्रहरीले मुद्धा दर्ता नगरी उल्टै झगडा छुटाउन आएका अरबाज अंसारी माथि वडाअध्यक्षले अभद्र मुद्धा दर्ता गराई आफुहरुलाई बस्ता नगरेको आरोप मजिदले लगाए ।
बाटोको बिषयलाई लिएर साउन ९ गते दुई पक्षबिच झगडा भएको थियो । बाटो छेकी बेलुका ७ बजेर ३० मिनेटमा बसी रहेको अवस्थामा बाटोमा किन बसेको भनेर सहिनाले सोध्दा वादविवाद भई झगडा भएको थियो । झगडामा सबिनाको ठाउको, पिटयु, छातीमा चोट लागेका छ । उनको स्वास्थ्य उपचार समेत गरि घरमा रहेको हो ।
अस्पताल, प्रहरी प्रशासन र वडा कार्यालयमा पटक पटक धाउदा समेत पनि सुनवाई नहुनुले आफुहरुलाई निकै नै पिडा भएको सो अवश्रमा अंसारीले भने । वडाअध्यक्षले वडामा नै मिलाउने झगडालाई नमिलाई अझै बल्झाउने काम गरेको हुदा झनै समस्या सृजना भएको छ उनले बताए ।
आफुहरुलाई न्याय दिलाउनका लागि पत्रकार, मानव अधिकारकर्मी लगायत अन्य सरोकारवालाहरुलाई आग्रह समेत गरे । यता वडा नम्बर ९ का वडाअध्यक्ष डा. अख्तर अंसारीले आफुले सो झगडा मथर पार्नका लागि पलह गरिरहेको बताउदै चाडै नै दुवै पक्षलाई बसाएर विवाद सल्टाउने जानकारी दिए । पत्रकार सम्मेलनमा सिकेन्द्र अंसारी, ईसराईल मिया अंसारी लगायतको सहभागिता रहेको थियो । प्रहरी प्रवतmा गौतम मिश्रले घटनाको बारेमा बुझने काम भईरहेको बताउदै दोषी जो देखियो कार्यवाही गर्ने बताए ।