संविधान सभा सदस्य यादवको निधनमा सुवर्ण गाउँपालिकाले दियो शोक विदा

साझेदारी दैनिक
836 पाठक संख्या

कलैया : सुवर्ण गाउँपालिका वडा नं.–२ कवहीगोठ बाराको स्थायी निवासी संबिधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधनमा सुवर्ण गाउँपालिकाले एक दिन शोक विदा दिएको छ।

गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले बुधबार एक शोक विदा सम्बन्धी सूचना जारी गर्दै यस सन्दर्भमा जानकारी दिएका हुन्।

गाउँपालिका अध्यक्ष यादवले उपचारको क्रममा बीरगंज हेल्थ केयर अस्पताल पर्सामा दुःखद निधन भएको हुँदा सम्पूर्ण सुवर्ण गाउँपालिका परिवार दुःख व्यक्त गर्दछ, सूचनामा लेखेका छन्।

हार्दिक श्रद्धाञ्जलि अर्पण समेत गरिएको छ। यस दुःखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना समेत गरिएको छ।

पालिका मातहतका गाउँपालिका कार्यालय र सार्वजनिक कार्यालयहरुमा बुधवार एक दिन बिदा रहने समेत जनाइएको छ।

Leave a review

This will close in 0 seconds