रमपुर्वामा संचालित माघी महोत्सवको पुर्वमन्त्री चौधरीद्धारा उद्घाटन

साझेदारी दैनिक
679 पाठक संख्या

धिरेन्द्र पनुहर/

थारू कल्याणकारीनी सभा जिल्ला कार्य समिति बारा,नगर कमिटी कोल्हवी र गाउँ इकाई कार्य समिति रामपुर्वाको संयुक्त आयोजनामा थारु माघी संस्कृतिक महोत्सव २०८० को उद्घाटन एक कार्यक्रमको बीच सोमबार सम्पन्न भएको छ ।

था.क.स. बाराका सभापति राम प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री उमाकान्त चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वडा न ११ का अध्यक्ष नन्द किशोर चौधरी ले गर्नु भएको थियो महोत्सव हेर्न हजरौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

महोत्सव अंतर्गत सोमबार स्थानीय कलाकारहरूको झाकी प्रदर्शन थारु नृत्य थारु झुमका,लगनी,बिरहनी,प्रस्तुत गरेको थियो क्ष् महोत्सव अन्तर्गत माघ २ गते मंगलबार थारू गायिका अन्जू कुश्मीको प्रस्तुति रहने छ ÷ माघ ३ गते नवलपरासीको महिला ठकरा डान्स र स्थानीय थारु सास्कृतिक झलक नृत्यको प्रस्तुति रहने छ ।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिका का नगर प्रमुख रामप्रसाद चौधरी,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,कोल्हवी नगरपालिका कि उप प्रमुख लक्ष्मी कुमारी चौधर,निजगढ नगरपालिका का पुर्व् मेयर सुरेश कुमार खनाल,बारा जिल्ला निर्वाचन क्षेत्र न १ क का प्रत्यासी उमेदवार रमेश दङाल,थारु अगुवाहरु लक्ष्मी कान्त प्यारेलाल चौधरी,शैलेन्द्र फौजदार,लक्ष्मी प्रसाद चौधरी,रबिन्द्र पनुहर,हरिचन्द्र पनुहर,कोल्हवी नगरपालिका- १ का वार्ड अध्यक्ष राजगरन चौधरी,३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,४ का अध्यक्ष बिष्णु मैनाली,१० का अध्यक्ष कुन्जबिहारी चौधरी,११ अध्यक्ष नन्दकिशोर चौधरी,दुधिअवा क्याम्पस दुधिअवा रौतहटको प्रमुख रन्जन खरेल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य जुअवाका महिला टोलिले गरेको थियो भने संचालन यादव कृष्ण चौधरी र रामनाथ चौधरीले गरेका थिए ।

TAGGED:
Leave a review

This will close in 0 seconds