युवा जनशक्ति नेपालद्रारा प्रमुख जिल्ला अधिकारी सापकोटाको बिदाई

संदिप प्रसाद यादव
1.4k पाठक संख्या

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई युवा जनशक्ति नेपालले सम्मान तथा बिदाई गरेको छ ।

बाराको कलैया उपमहानगर – ४ मा रहेको तेलि सदन भवनको सभा हलमा मंगलवार युवा जनशक्ति नेपालको आयोजनामा ११ महिनाको अवधी सम्म बारामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहदाँ उल्लेखनिय योगदान पुर्‍याएको भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटालाई सम्मान गरेको हो ।

युवा जनशक्ति नेपालका अध्यक्ष जयराम पन्डितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनु भएका थिए ।

सरुवा भई गृहमन्त्रालय जान लाग्नु भएका प्रजिअ सापकोटालाई दोसल्ला ओडाई सम्मान गरिएको हो ।

सो कार्यक्रममा पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता,आत्माराम साह,बारा क्षेत्र नम्बर -३ ख का पुर्व प्रदेश सभ सदस्य पारस प्रसाद साह,नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियार,नेकपा माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,नेपाली कांग्रेस मधेस प्रदेश संगठनका विभागीय सदस्य राजेश सिंह र विश्रामपुर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने लगायतकाले सम्बोधन गरेका थिए ।

बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बिगत ११ महिना देखि जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको र बारा क्षेत्र नम्बर -२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन शान्ति पुर्ण र भयरहित वातावरणमा गराउन सफल भएको बताए ।

त्यस्तै बाराको पालिका स्तरीय न्यायीक समितिबाट न्यायको सेवा प्रदान नहुदा पीडितहरु दिनहु जिल्ला प्रशासन कार्यालय बारा र प्रहरी कार्यालयमा भिड लाग्ने गरेको गुनासो व्यक्त गरेका छन् ।

पुर्व पश्चिम राजमार्गमा पर्ने दुधौरा खोलाको पुल ठेक्का लागि ५ वर्ष देखी अलपत्र रहेको पुलको निर्माण कार्य अगाडि बढाउन लगाएको प्रजिअ सापकोटाले बताए

कार्यक्रमलाई सम्बोधन गर्दै युवा जनशक्ति नेपालका अध्यक्ष जयराम पन्डितले प्रजिअ सापकोटालाई अगामी कार्यालयको सफल शुभकामना समेत दिदै बिदाइ गरेका हुन ।

उक्त कार्यक्रममा हलखोरिया साझेदारी वन व्यवस्थापन उपभोक्ता समिति बाराका अध्यक्ष विकल्प भट्टराइ,जसपा नेपाल पार्टी बाराका युवा नेता सुशील यादव,कलैया उपमहानगरपालिका वार्ड नम्बर २७ का वार्ड अध्यक्ष अशोक तिवारी,तरुण दल बाराका पुर्व अध्यक्ष चन्द्रिका गुप्ता,नेपाली कांग्रेस बाराका राकेश पाण्डे,प्रवीण सिंह,श्याम पाण्डे,समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे,विभिन्न दलका प्रतिनिधि तथा सन्चारमर्कीहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रममा स्वागत निर्माण व्यवसायी संघ बाराका सचिव धिरज जयसवालले गरेका थिए भने कार्यक्रमको संचालन युवा जनशक्ति नेपालका कार्यक्रम संयोजक राजु साहले गरेका थिए ।

Leave a review