जीतपुरसिमराले पुस महिनासम्म १० करोड ७८ लाख राजश्व संकलन

रञ्जन यादव
338 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरले आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म १० करोड ७८ लाख बढी राजश्व संकलन गरेको छ ।

उपमहानगरको पुस मसान्तसम्मको तथ्यांकमा १० करोड ७८ लाख ५६ हजार ६१ रुपैँया राजश्व मध्ये सवैभन्दा बढी सम्पत्ती कर संकलन भएको छ । आ.व.को पुस मसान्तसम्म मात्रै नगरले ४ करोड बढी राजश्व संकलन गरेको हो ।

त्यसैगरी मसान्तसम्मको तथ्यांकमा उपमहानगरमा करिव ६८ लाख भुमी तथा मालपोत कर संकलन भएको छ भने नक्सा पास दस्तुर २६ लाख भन्दा बढी संकलन गरेको छ । यता नगरको स्वामित्वमा रहेको व्यवसायीक सटरमा उठ्न बाँकी रहेको बहाल करमा समेत उलेख्य वृद्धी भएको छ ।

मसान्तसम्म जग्गा तथा घरबहाल करमा ४२ लाख ७० हजार राजश्व संकलन भएको छ । उपमहानगरमा नदिजन्य वस्तु बिक्रीको कर उठ्न बाँकी छ ।यो आर्थिक वर्षमा करिव १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले पुस मसान्तभित्रै करिव एघार करोड राजश्व संकलन गर्न सफल भएसंगै लक्ष्यभन्दा बढी राजश्व संकलन हुने उपमहानगरको अनुमान छ ।

बाँकी बक्यौता संकलनमा जीतपुरसिमरामा इतिहासकै रेकर्ड ब्रेक भएको छ ।चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तको एकै दिन बाँकी बक्यौता संकलन अङ्कले रेकर्ड तोडेको हो । उपमहानगरमा पुस २९ मा तीन करोड बाँकी बक्यौता संकलन भएको छ । यो बाँकी बक्यौता संकलन हालसम्मकै उच्च हो ।

उपमहानगरको आन्तरिक स्रोतलाई बलियो बनाउन चलाईएको राजश्व संकलन अभियान प्रभावकारी देखिएको मेयर राजन पौडेलले बताए ।बाँकी बक्यौता संकलन बारे उपमहानगरले नगरवासीलाइ सूचित गर्ने र पुस मसान्तसम्म बुझाउनेलाइ जरिवाना छुटसहितको योजना अघि सारेको थियो । जनप्रतिनिधिको अघिल्लो कार्यकालदेखि नै चर्चामा रहेको सम्पत्ति कर कार्यान्वयनमा ब्रेकहरु भएको छ ।

पहिलो पटक उद्योगबाट सम्पत्ति कर संकलन भएको छ । योसँगै उद्योग सम्पति करको दायरामा आएको छ ।आन्तरिक स्रोतको मुख्य माध्यम बन्न सक्ने उद्योगको सम्पत्ति कर कार्यान्वयनमा आएसँगै आन्तरिक आय समेत बढ्ने भएको छ ।सम्पत्ति कर तिर्नेमा जगदम्बा स्टिल पहिलो नम्बरमा देखिएको छ ।

जगदम्बाले जीतपुरसिमरामा एक करोड ८३ लाख बढी राजश्व बुझाएको छ ।सो करिडोरका ठुला औंद्योगिक प्रतिष्ठान सालिमार ग्रप, अशोक वैद्यको समुह लगायतले समेत कर बुझाएका छन् ।

व्यवसाय कर ७५ हजार ५ सय ४० रुपैँया,अन्य सेवा शुल्क पाँच लाख ५० हजार,जग्गा तथा घर बहाल कर ५६ लाख ३७ रुपैँया ५४ पैसा,नक्सापास दस्तुर एक हजार,व्यवसाय कर ३० हजार ८ सय,बहाल बिटौरी शुल्क ३७ हजार ८ सय ७४ रुपैँया ५० पैसा,सम्पत्ति कर ३ करो ९९ हजार ९ सय ८ रुपैँया ७७ पैसा,सिफारिस दस्तुर एक हजार ९ सय रुपैँया राजश्व संकलन भएको हो ।

कुन उद्योगले कति तिरे सम्पत्ती कर

जगदम्बा स्टिल्स प्रा.लि :१ करोड ७४ लाख ३४ हजार ७ सय ११ रुपैया

शिव शक्ति उद्योग प्रा.लि : ३० लाख ७० हजार ३ स २३ रुपैया

नारायणी ईस्पात प्रा.लि.:२५ लाख २४ हजार ५ सय ४२ रुपैया

नारायणी रोलिङ्ग मिल्स प्रा.लि : ७ लाख ८ हजार १ सय ६६ रुपैया

हुलास स्टिल ईण्डिष्ट्रिज प्रा.लि.: १० लाख ४० हजार ४ सय ६२ रुपैया

कृष्ण स्टिल ईण्डष्ट्रिज प्रा.लि : ३ लाख ४ हजार ४ स ६७ रुपैया

स्टार सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि : ३ लाख २६ हजार २ सय २२ रुपैया

डाबर नेपाल प्रा.लि. : ३ हजार १ सय ४३ रुपैया

हंस स्टील ईण्डष्ट्रिज प्रा.लि. : ३ लाख २५ हजार ३ सय २८ रुपैया

समर फर्मा कम्पणी लि. : ३ लाख ८६ हजार ४ सय ९५ रुपैया

Leave a review

This will close in 0 seconds