जीतपुरसिमरामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरु

रञ्जन यादव
287 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरु भएको छ ।

स्थानीय सरकारले पनि यो समयमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

जीतपुरसिमरामा नगर कार्यपालिकाको कार्यालयसहित २४ वटै वडा कार्यालयमा लैंगिक हिंसाविरुद्धको ब्यानर राखेर अभियानको सुरुवात गरिएको छ ।

उपमहानगरपालिकामा आयोजित अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख राजन पौडेल,सामाजिक विकास शाखा प्रमुख रमेश सुवेदीलगायत उपस्थित थिए ।

१६ दिनसम्म सचेतनामूलक कार्यक्रम आयोजना सामाजिक विकास शाखा प्रमुख सुवेदीले जानकारी दिए ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म देशभर यो अभियान संचालन हुँदै आएको छ ।

यो बर्षपनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर अभियान संचालन हुदै छ ।

Leave a review