कोल्हवीमा ७१ औं बिश्व कुष्ट रोग दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
331 पाठक संख्या

धिरेन्द्र पनुहर/

कोल्हवीमा ७१ औं बिश्व कुष्ट रोग दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“कुष्ठ रोग सम्बन्धी गलत अवधारणा अन्त्य गरौ”मर्यादित ब्यवहार गरौ,भन्ने मुल नाराको साथ बाराको कोल्हवी नगरपालिकाको सभा हलमा आइतबार ७१ औं बिश्व कुष्ट रोग दिवस सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख चौधरीले कुष्ट रोग अरु रोग जस्तै निको हुने रोग भएकोले यो रोग लागेको ब्यतिलाइ भेदभाव र हेला नगरी सम्मान ब्यवहार गर्न सबैलाई भन्नू भयो र अहिले कुष्ट रोग पहिलेको भन्दा निवारण भै सकेको जानकारी समेत गराउनु भयो।

बारा जिल्लामा आ. व . २०७९/८० मा पता लागेको कुष्ट रोगको नया बिरामीको संख्या २५५२ रहेको कार्यक्रम मार्फत जानकारी गराएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खतिवडा,उपमेयर लक्ष्मी कुमारी चौधरी,लालबाबु शास्त्री,छठु पन्डितले कुष्ट रोग सम्बन्धी आ आफ्नो धारना राखेका थिए।

कार्यक्रमको सहजिकरन सस्थाका करन चौधरी र सीता बिष्टले गर्नु भएको थियो ।

द लेप्रसी मिसन नेपालको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथी कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरी,उप प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रसाशकिय अधिकृत बासुदेव खतिवडा,कोल्हवी नगरपालिका स्वास्थ शाखाका प्रमुख मनोज चौधरी,सोही शाखाका बिश्वनाथ चौधरी,रिता कुमारी चौधरी,महिला तथा बालबालिका शाखाका बिमला सुनार,प्राथमिक स्वास्थ केन्द्र कोल्हबिका प्रमुख नन्देश्वर चौधरी,स्वास्थ चौकी सपहिका प्रमुख पारसनाथ चौधरी,ककडी स्वास्थ चौकीका प्रतिनिधि सिहन्तर चौधरी,बचछनपुर्वा स्वास्थ चौकीका प्रमुख छविन्द्र चौधरी,आधारभुत स्वास्थ केन्द्र बगेवाका प्रमुख लक्षण चौधरी,लालबाबु शास्त्री लगाएत विभिन्न समुहका सदस्यहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds