नक्कली नोट सहित दुई जना पक्राउ

साझेदारी दैनिक
375 पाठक संख्या

वीरगञ्जको सिटी मार्केटबाट पर्सा प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

किनमेलको क्रममा नेपाली नक्कली नोट दिएको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

नेपाली नक्कली नोट सहित पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेश कुमार र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २४ वर्षीय ऋषिलाल पटेल रहेका छन् ।

सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा पक्राउ परेका दुबैजनाको साथबाट एक हजार दरका ३८ थान नेपाली नक्कली नोट बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।पक्राउ परेका दुबै जनालाई नोटसहित खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

Leave a review