वृहत सांस्कृतिक कार्यक्रममा आर्शिवाद हस्पिटलले निशुल्क सेवा दिने

सन्तोष पाण्डे
2.1k पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा हुने दुई दिने वृहत सांस्कृतिक कार्यक्रममा कलैयाको आर्शिवाद हास्पिटलले निशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।

२८६० औँ सोनाम ल्होछार पर्वको पावन अवसरमा यही माघ १९ र २० गते हुने वृहत सांस्कृतिक कार्यक्रममा हस्पिटलले स्वास्थ्य सेवा दिने जनाएको छ ।

हस्पिटलले कार्यक्रममा आएका दर्शकहरुलाई आकस्मिक तथा प्राथमिक उपचारको सेवा दिने हस्पिटलका संचालक डा.राजेश कुमार साहले जानकारी दिएका छन ।

कार्यक्रममा उपस्थित दर्शकहरुमा आकस्मिक देखिने समस्याहरु(ज्वरो आउने,टाउको दुख्ने,पेट दुख्ने,ग्यास्टी) जस्ता स्वास्थ्य समस्याहरुलाई तत्काल सेवा सहित निशुल्क औषधी वितरण गरिने संचालक डा.साहले बताए ।

डा.साहका अनुसार कार्यक्रममा सहभागीहरु मध्ये कसैलाई घाउ,चोटपटक लागे तत्कालै कार्यक्रम स्थलमै ड्रेसिङ्ग गर्ने व्यस्था पनि मिलाईएको जनाए ।

नेपाल तामाङ्ग घेदुङ्ग संघ जिल्ला समन्वय समिति बाराको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिका लगायतको सहयोगमा उक्त वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

Leave a review