वीरगञ्जमा हैजा प्रकोप विस्तारै घट्दो क्रममा शनिवार एक जनामा पनि पुष्टि भएन सङ्क्रमण

साझेदारी दैनिक
279 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जमा केही सातादेखी देखिएको हैजाको प्रकोप विस्तारै घट्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घण्टामा वीरगञ्ज क्षेत्रमा कुनै पनि नयाँ हैजा सङ्क्रमित विरामीहरु नभेटिएपछिले हैजा प्रकोप क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको हो । यसैगरी अहिले यहाँ झाडापखालाका बिरामीको संख्या घट्दै गएको वीरगञ्ज महानगरपािलका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

महानगरपालिकाले दिएको जानकारी अनुसार शनिवार साँझ सम्म हैजाका विरामीहरु नथपिएपछि संक्रमण नियन्त्रण हुदै गएको बुझिएको छ । शनिवार साँझसम्म १९२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १८४ जना उपचारपछि निको भएर घर फर्किसकेका उपमहानगरले जनाएको छ ।

महानगरको स्वास्थ्य शाखा प्रमुख राजु साहको अनुसार वीरगञ्जका विभिन्न अस्पतालहरुमा हालसम्म उपचाररतमध्ये ५ जनालाई आइसियुमा राखिएको छ । जसमा नारायणी अस्पताल,तराई अस्पताल र सूर्य अस्पतालमा १÷१ जनाको र वीरगञ्ज हेल्थ केयर २ जना आईसियुमा उपचार भईरहको साहले बताए ।

प्रमुख साहले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा वीगञ्जका विभिन्न अस्पतालमा गरी करिब ३६ जना झाडापखालाका बिरामी भर्ना भएका छन्, तर ती मध्ये कसैलाई पनि हैजा सङ्क्रमण पुष्टि नभएको बताए ।

गत भदौ ६ गते पहिलो पटक तीन जनामा हैजा पुष्टि भएयता वीरगञ्मा हालसम्म एक सय ९२ जनामा हैजा सङ्क्रमण देखिएको थियो । पछिल्लो एकसातको तथ्याङकको विवरण हेर्दा झाडापखालाका बिरामीहरूको चाप पनि निकै घट्दै गईरहेको छ ।

यता पर्साको वीरगञ्जमा र छिमेकी जिल्ला बारामा पनि केही संख्यामा हैजाका विरामीहरु फेला परेको दुई सता भन्दा पनि बढी भईसके पनि के कति कारणले हैजाको संङ्क्रमण देखिएको मुल कारण नै पत्ता लाग्न नसक्नुले हाम्रो राज्य स्वास्थ्यमा कति संवेदनशिल छ भन्ने चरितर्थ देखाउछ ।

संक्रमणको करण पता लगाउन स्वास्थ्य कार्यालय पर्सा, नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाले हैजा प्रभावित क्षेत्रमा जडान गरिएको खानेपानीका धाराहरु, डिप बोरिङहरु र घरायसी पानीका अन्य स्रोतको नमुना सङ्कलन गरी परीक्षण गरिसकेको छ ।

परीक्षणका क्रममा केही नमुनामा दिसाजन्य कीटाणु ‘इ–कोली’ फेला परे पनि हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ कीटाणु कुनै पनि नमुनामा भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताएका छन । उनको अनुसार हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ कीटाणु नभेटिएको बताएका छन ।

Leave a review