लाखौं रुपैयाँ बराबरको खुद्रा सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
381 पाठक संख्या

बारा प्रहरीले २५ लाख बराबरको खुद्रा सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बिहीबार बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.३.ख.७३११ नं. को ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २५ लाख ७२ हजार ५ सय १६ रूपैयाँ बराबरको सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाइएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds