कोल्हबी ५ ककडीमा जंगली हात्तीको आतंक

साझेदारी दैनिक
427 पाठक संख्या

धिरेन्द्र पुनहर/

बाराको कोल्हबी नगरपालिका वाड नम्बर ५ ककडी टोलमा शुक्रबार राती जंगली हात्ती प्रवेश गरि बस्तिमा आतंक मच्चाएको छ।

शुक्रबार राती ११ बजेको समयमा ककडी गाउँ भन्दा उतरतर्फ किसानले लगाएको मकै र गहु बाली खान लाग्दा स्थानीयहरुले हल्ला गरि धपाएर भगाएको बताएका छन ।

पछि बिहान ४ बजेको करिबमा फेरि बस्तिमा प्रवेश गरि स्थानीय बैजनाथ चौधरीको घरको बार भत्काइ घर भित्र रहेको चामल दुई बोरा नष्ट गरेको छ।

जंगली हात्ती घरको बार भत्काइ रहेको थाहा पाए पछि त्यहाबाट भागेर ज्यान बचाउन सफल भएको बताए । हात्ती करिब एक घण्टा सम्म बस्तीमा रहेको थियो। हात्तीलाई देखेर स्थानीयहरु त्रसित भएको छन ।

दुई हप्ता अगाडि मात्रै सोही वडाको सखुअवा टोलमा हाथीले पाँच जनाको घरमा क्षति पुर्याएको थियो। हात्ती नियन्त्रण गर्नको लागि स्थानीयहरुले सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै चासो नलिएको आरोप लगाएका छन ।

Leave a review

This will close in 0 seconds