नागरिक उन्मुक्ति पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा चियापान

संदिप प्रसाद यादव
310 पाठक संख्या

नागरिक उन्मुक्ति पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैयास्थित रहेको देवकीलाल धर्मशालाको सभा हलमा चियापान कार्यक्रम सम्पन्न भएको हो ।मधेस प्रदेश कार्य समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

भौगौलिक,सांस्कृतिक पहिचान,समाजमा अधारित समाज नाराको साथ आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो ।

नागरिक उन्मुक्ति पार्टी जिल्लाका अध्यक्ष रामसुन्दर चौधरी अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरी रहेका थिए ।

उक्त कार्यक्रममा जसपा पार्टी बाराका नेता एवम् जिल्ला समन्वय समितिका पुर्व उपसभापति पवन कुमार ब्याहुत,लोसपा पार्टीका सह महामन्त्री श्याम गुप्ता,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल र कोल्हवी नगरपालिकाका नगर अध्यक्ष महेश्वर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष चौधरीले देशका शासकहरुले दमन तथा शासन गरेर कम्जोरलाई दबाएर बल प्रयोग गरी एउटा आन्दोलन गर्ने ब्यक्तिलाई जेल हालेको गल्तीको कारण यस पार्टीको स्थापना भएको बताए ।

देशका शासक तीन वटै पार्टीहरुले देशलाई अगाडि बढाउन नसकेको अध्यक्ष चौधरीले आरोप लगाए ।

देश र जनतालाई चाहेको आवश्यकतालाई पिछडिएका वर्गहरु मिलेर अगाडि बढनु पर्छ अध्यक्ष चौधरीले बताए । पहिचानवादी दलहरु मिलेर अगाडि बढनुपर्छ उनले बताए ।यस नागरिक उन्मुक्ति पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाता तथा सहयोग गर्ने जनतालाई अध्यक्ष चौधरीले धन्यवाद दिएका थिए ।

ब्युरो क्रेसीहरुबाट हुने जनताको काम छिटोछरितो हुन नसकेको तथा ब्युरोक्रेसीबाट नै बिना भष्टाचार नगरी कुनै पनि काम नगरेको उनले बताए । जनताको काम नि.शुल्क रूपमा हुनु पर्छ अध्यक्ष चौधरीले बताए ।

उक्त कार्यक्रममा जनमत पार्टी बाराका युवा नेता सन्तोष पटेल,नेपाल जनता दलका सत्यनारायण कुशवाहा,बारागढी गाउँपालिकाका गाउँ अध्यक्ष सुरेश चौधरी,नेता तथा कार्यकर्ताहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रममा स्वागत नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य भुवन चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जय प्रकाश चौधरीले गरेका थिए ।

Leave a review