बाराको फेटा गाँउपालिकामा २१ सदस्यिय महिला मानव अधिकार संजाल बिहीवार गठन भएको छ ।
फेटा गाउँपालिकाका सबै वडाहरुबाट युवा महिलाहरु छनौट गरी फेटा गा.पा७ कि नितु कुशवाहाको संयोजकत्वमा सञ्जालको गठन भएको हो ।
गठित संजालमा अनुपमा पाण्डेय,उमा देवी,कमलपति देवी, लक्ष्मीकुमारी यादव,सुनिताकुमारी,रुपाकुमारी राम,ज्योति कुमारी, पूजा कुशवाहा,खोतायजा खातुन,हेमान्तीकुमारी ठाकुर,नितु शर्मा लगायतका रहेका छन् ।
महिलाको क्षेत्रमा क्रियाशिल संस्था सखी महिलाको साथीको सहजीकरण तथा अर्जेन्ट एक्सन फडको आर्थिक सहयोगमा सञ्चालित परियोजना अन्र्तगत सो सञ्जाल गठन गरिएको संखी संस्थाकी कार्यकारी निर्देशक प्रियंकाकुमारी कुशवाहाले जानकारी गराइन् ।
फेटा गाँउपालिका भित्रको महिलाहरुलाई मानव अधिकारको आधारभुत ज्ञान अभिवृद्धि गर्ने तथा महिलाहरुको मानवअधिकारको रक्षा गर्ने तथा वकालत गर्ने उद्देश्यले यो संजाल गठन गरिएको हो ।
पहिलो चरणमा महिला संजाल गठन गर्ने तथा त्यसपछि सम्पूर्ण सदस्यहरुलाई पाँच दिवसिय महिला मानवअधिकार सम्बन्धी तालिम दिने योजना रहेको कुरा संस्थाकी अध्यक्ष मधु कुशवाहाले साझेदारी दैनिकलाई जनाइन । फाल्गुन १० गते देखि काठमाडौबाट यस क्षेत्रका विज्ञलाई बोलाई दिने उनले बताइन् ।
मानवअधिकार,महिलाअधिकारको बारेमा केही थाहा नभएको तथा यस संजालमा आबद्ध भई तालिमबाट सिकेर गाँउ समाजका महिलाहरुको मानवअधिकारको लागि वकालत गर्ने नवगठित संजालकी संयोजक कुशवाहाले बताइन् ।


