अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा चोरी

रञ्जन यादव
387 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित अक्षरा पाठशाला बोर्डिङ्ग स्कुलमा चोरी भएको छ ।

चोरहरुले नगद ७० हजार ,ल्यापटप,कम्पयुटरको हार्ड डिस्क लगायत शैक्षिक सामग्रीहरु मंगलबार राति चोरी गरेको बिद्यालयका प्रिन्सिपल नरेन्द्र तामाङ्गले जानकारी दिएका छन् ।

स्कुलको सि.सि. टि.भि क्यामरामा दुई वटा युवाहरु चोरी गरिरहेको तस्बिर देखिएको छ ।प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउँ गर्न सकेको छैन् । केहीदिन अगाडि मात्र पथलैया स्थित सुभद्रा न्यौपानेको घरमा समेत चोरी भएको छ ।

एक सप्ताह नबित्दै जीतपुरसिमराको ३ वटा घरमा चोरी भएको घटना छ । प्रहरीले अहिले सम्म चोरलाई पक्राउ गर्न सकेको छैन । जीतपुरसिमरा चोरहरुको समूह अहिले सक्रिय बन्दै गएको छ ।

जीतपुरसिमरा उपमहानगरमा प्रहरीको फितलो सुरक्षाको कारण दिनानुदिन चोरीको घटना बढ्दै गएको छ । जीतपुरसिमरामा सहकारी देखि लिएर बिद्यालय, घरमा चोरीको घटना बढे संगै अहिले स्थानीयहरु त्रसित बनेका छन ।

Leave a review