नवरात्री घटस्थापनासंगै आईतवारदेखी वडादशै शुरु जीतपुरमा ५ हजार भन्दा बढिको सहभागितामा कलश यात्रा

रञ्जन यादव
261 पाठक संख्या

आईतवारबाट नवरात्रिको सुरुवात भएसंगै बडादशैको प्रारम्भ भयो ।

आईतवारदेखी हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हने गर्दछ ।

तराईका सवै जिल्लाहरुका विभिन्न स्थानहरुमा दुर्गा भवानीको मुत्र्ति स्थापना गरि पुजाआजा र पाठपारायण शुरु गरिएको छ ।

बाराको १६ वटै पािलकाहरुको विभिन्न स्थानहरुमा दुर्गा पुजा शूरु गरिएको छ ।

आईतवार नवरात्रीको पहिलो दिन कलश घडामा नजिकैका नदि तलाउबाट जल ल्याएर पुजा पण्डामा ल्याएई माता दुर्गा भवानीको प्रतिमा स्थलमा राखिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आईतवार ५ हजार भन्दा बढि भक्तजनहरुको सहभागितामा कलशयात्रा निकालिएको थियो ।

जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलशयात्रा दुधौरा खोलामा गई भक्तहरु जल लिएर पुनः पुजा स्थलमा आएका थिए ।

दुधौरा खोलाबाट ल्याइएको जल माता दुर्गाको प्रतिमा स्थलमा राखि पुजाको शुभारम्भ गरिएको थियो ।

सामान्यतया दुर्गा माताको सवारी बाघ भएपनि यस वर्ष माता दुर्गा हात्तिमा सवार भएर धर्तिमा आउनुभएको पुजा गराउने स्वामीले बताएका छन । दुर्गा हात्तिमा सवार हुने समयलाई निकै शुभ मानिने गरेको उँहाले बताउनुभयो ।

आइतबार देखी सुरु भएको नवरात्र पुजा १० दिन सम्म चल्ने छ । नवरात्रको समयमा माताको मन्दिरहरुमा भक्तहरुको निकै भिड हुने गर्दछ ।

नौँ दिन सम्म वर्त बसेर मनाइने यो पुजा हिन्दुहरुको महान पर्व मध्येको एक मानिन्छ ।

जिल्लाका कलैया,मोतिसर,भलुही,प्रसौनी, परवानीपुर,कोल्हवी,मधुवन,वरियारपुर लगायतका स्थानहरुमा पनि भव्य रुपमा दुर्गा भवानीको प्रतिमा स्थापना गरि पुजाआजा शूरु गरिएको छ ।

Leave a review

This will close in 0 seconds