राष्ट्रिय बिभुतीको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रञ्जन यादव
345 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनले आफनो २२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले अबको शिक्षा प्रबिधि मैत्री र रोजगार मुखि हुनुपर्ने धारणा राखेका थिए ।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा लगाएको ऐन कानुनहरु बिद्यालय मैत्री नै हुने गरेका कारण त्यसबाट बिद्यालयका सञ्चालकहरु डराउँनुपर्ने आवश्यक्ता नरहेको उहाले बताउँनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बोडिङ्ग स्कुलका सञ्चालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिद्यार्थीहरु गित,सङ्गित,नृत्य,नाटक लगायतको प्रस्तुती प्रस्तुत गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा साँस्कृतिक कार्यक्रम,स्थानीय खाना महोत्सव,भेषभुषा प्रदर्शनी,परम्परागत सामग्री प्रदर्शनी मुख्य आकर्षण रहेको राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनका अध्यक्ष बिदुर खड्काले जानकारी दिनुभयो ।

यता बार्षिकउत्सवको अवसरमा बिद्यालयले फुड फेस्टिबल कार्यक्रम राखेको थियो । जसमा कक्षा ११ र १२ का बिद्यार्थीहरुले आफनै लगानीमा बिभिन्न जातजातीका स्थानीय परिकारहरु बनाएर बिद्यार्थी ,अभिभावक र अतिथिहरुलाई बिक्रि गरेका थिए ।उनीहरुले सेफ्टी पञ्जाको प्रयोग गरि खाने कुराहरु पस्केका थिए ।

बिद्यार्थीहरुले बिक्रि गरेका परिकारहरुको मुल्य सुची उनीहरुको सटल अगाडि राखिएको थियो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने,एन प्याप्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी,जनता मा.बि.रजघट्टाका प्रिन्सिपल राजु अधिकारी,राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनका कार्यकारी निर्देशक श्याम कुमार भट्टराई,प्रिन्सिपल सागर ठाडा मगर लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल किशोर श्रेष्ठले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds