बाराको सिमरामा रहेअक्षरा पाठशालामा चोरी गर्ने दुई जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ सिमराबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ल्यापटप र नगद ८ हजार बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरु सिमराकै एक बोडिङ्ग स्कुलमा अध्ययनरत १३ बर्ष र १५ बर्षका नाबालकहरु रहेका छन् । १६ वर्ष भन्दा कम उमेर (नाबालक) भएकाले प्रहरीले पहिचान खुलाएको छैन् । पक्राउँ पर्नेहरुलाई चोरी कसुरमा मुद्धा चलाएको छ ।
पक्राउँ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित अक्षरा पाठशालाबाट मंगलबार राती एक थान ल्यापटप, नगद ६० हजार र स्टेशनरी सामाग्री चोरी भएको बिद्यालय जनाएको थियो ।

