सहकारीको सदस्यहरु सफल नभएसम्म सहकारी सफल नहुने ः नगर प्रमुख पौडेल

साझेदारी दैनिक
साझेदारी दैनिक 545 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले सहकारीको सदस्यहरु सफल नभएसम्म सहकारी सफल नहुने बताउँनुभएको छ ।

जीतपुर स्थित जनकल्याण बहुउद्धेश्य सहकारी संस्था लि. जीतपुरको १७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख पौडेल यस्तो बताउँनुभएको हो। सहकारी सफल हुने तर त्यहाँ आबद्ध शेयर सदस्यहरुको आर्थिक तथा समाजिक रुपले उत्थान हुन नसक्नु दुर्भाग्यको बिषय भएको बताए । उपमहानगरपालिकाको तर्फबाट सहकारीहरुलाई पैसा बाड्ने काम आफनो पालामा नहुने बताए ।

नगरप्रमुख पौडेलले नाफामुखी संस्थालाई बिभिन्न बहानामा उपमहानगरपालिकाको तर्फबाट रकम बाड्ने काम स्थगीत भएको बताउँनुभयो । सहकारीहरुलाई योजनावद्ध रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले नेता एवम बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरीले जनकल्याण बहुउद्धेश्य सहकारी भएकोले यसले आफ्नो शेयर सदस्यको चौतर्फी विकास हुने कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने सल्लाह दिनुभयो ।

सहकारीले सो अवसरमा उत्कृष्ट कारोबारी ,बचतकर्ता , समाजसेवी ,पत्रकार लगायतलाई सम्म्मान गरेको थियो । सहकारीले उत्कृष्ट कार्यगर्ने कर्मचारी सह प्रवन्धक आत्माराम अधिकारी र बजार संकलक हरिबाबु शर्मालाई सम्मान गरेको थियो ।

जनकल्याणले आ व २०७९/०८० को लागि बजेट तथा कार्यक्रम स्वीकृत गरेको र नाफाको आधारमा १८% प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका प्रबन्धक सन्तोष यादबले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष गोपाल सिहं कडेंलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की, वडा नम्बर २४ का वडा अध्यक्ष सुलतान अंसारी, वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, सहकारी बैँक सिमराका प्रमुख सुरेश लागे, जनकल्याण बहुदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साह, कोषाध्यक्ष किरन गिरी ,सचिव कपिल देव यादब ,मुनि पाठक ,बिद्या महर्जन लगायतको सहभागिता रहेको थियो।

आत्माराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेशजी साहले स्वागत मन्तब्य राख्नुभएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review