प्रदेशहरुको पुनःनामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

साझेदारी दैनिक
साझेदारी दैनिक 113 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमनत्री उपेन्द्र यादवले प्रदेशहरुको नामाकरण पुनः हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेशहरुको पुनःनामाकरण हुनु पर्ने बताएका हुन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोलानालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

ललितपुरको महालक्ष्मी स्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँवर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामाकरणगर्न सरकारले ढिलाई गर्न नहुने बताएका हुन् ।

‘जनताको मागएकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्‍यो, त्यो हामीलाई मान्य छैन’ उनले भने । ‘नामाकरणको बिषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि रहेको जनाउदै सरकारले यसलाई समय छँदै सम्बोधन गर्नु उनले सुझाव दिए ।

‘पहिचानकालागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । उनले मधेश बाहेक बाकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनःनामाकरणको आन्दोलनले बिष्फोटक रुप लिन सक्ने चेतावनी दिए ।

मधेशका जनताको ठूलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको उनले स्मरण गरे । पहिचानको मागलाई बेवास्ता नगर्न उनले सरकारलाई सचेत गराए ।

मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानकालागि संयुक्त रुपमा संघर्ष गर्नुपर्ने उनले बताए । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिकालागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ’ उनले भने ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review