एक सय बीस सवारी साधन बारा प्रहरीको कारवाहीमा

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 53 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला प्रहरी कार्यालय बाराले ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत ट्राफिक नियम विपरित चलाईएका एक सय २० सवारी साधनलाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

सवारी साधनलाई गरिएको कारवाहीबाट जरिवाना वापत एक लाख २० हजार छ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रहरीले तीन वटा भारतीय नम्बर प्लेटको सवारीलाई भन्सार कार्यालय वीरगंज पठाएको छ ।

ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन समेत भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review