एक सय बीस सवारी साधन बारा प्रहरीको कारवाहीमा

संदिप प्रसाद यादव
233 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराले ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत ट्राफिक नियम विपरित चलाईएका एक सय २० सवारी साधनलाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

सवारी साधनलाई गरिएको कारवाहीबाट जरिवाना वापत एक लाख २० हजार छ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रहरीले तीन वटा भारतीय नम्बर प्लेटको सवारीलाई भन्सार कार्यालय वीरगंज पठाएको छ ।

ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन समेत भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds