जीतपुरसिमरा महोत्सवमा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग,सहिमा श्रेष्ठ र प्रमोद जखमी आउने

साझेदारी दैनिक
298 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज सोमबार चर्चित गायक डेभिड शंकर,उर्गेन दोङ्ग,सहिमा श्रेष्ठ र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् ।

हिजो सोमबार वर्षाले प्रभाभित भएपछि कार्यक्रमलाई स्थगित गर्दै कलाकारहरुको प्रस्तुतीलाई आजको लागि सारिएको छ । हिजो चर्चित गायक डेभिड शंकर, रमेश श्रेष्ठ र प्रमोद जख्मीको प्रस्तुती रहेको थियो ।

उनीहरुको प्रस्तुती आजको लागि सारिएको आयोजकले जनाएको छ । उनीहरु संगै आजको लागि उर्गेन दोङ्ग र सहिमा श्रेष्ठले आफ्नो प्रस्तुती दिने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ ।

कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।

Leave a review

This will close in 0 seconds