बालिका करणी आरोपमा युवक पक्राउ

साझेदारी दैनिक
260 पाठक संख्या

सिम्रौनगढ । बारा प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका हुन । पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव हुन ।

पिडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले छोटेलाललाई पक्रा गरिएको हो । ती बालिकालाई छोटेलालले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले उनलाई पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

प्रहरीले पक्राउ परेका यादव उपर थप सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईप्रका सिम्रौनगढले जनाएको छ ।

Leave a review