केही अनलाईनमा गलत समाचार लेखेको हो –संयोजक भगत

साझेदारी दैनिक
साझेदारी दैनिक 742 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौशन चौधरी/
रौतहटको कटहरीया नगरपालिकाका स्वास्थ्य संयोजक अमृष भगतले केही अनलाईनमा मेरो बारे कपोकालपित, गलत, झूठा एवं भ्रामक समाचार लेखी जनतालाई भ्रमित गरेको  बताएका छन् ।

कोरोना जाँचको लागि स्वाब माग्न जाँदा कटहरिया नगरपालिकाकी उपप्रमुख नुर जहाँ खातुनले स्वास्थ्य संयोजक भगतलाई गाली गलौज गरेको भनी केही अनलाईनमा समाचार सम्प्रेषण गरेका झूठो रहेको स्वास्थ्य संयोजक भगतले बताएका छन् ।
स्वास्थ्य संयोजक भगतले आज प्रेस विज्ञप्ति निकाली आफूलाई उपप्रमुख खातुनले कुनै प्रकारको गाली गलौज नगरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही अनलाईनमा तथ्यहिन समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जारी विज्ञप्तिमा भनिएको छ हुँदै नभएको कुरा लेखेर समाजमा भ्रम फैलाउने पत्रकार र अनलाईनलाई अबदेखि यस्तो हावादारी समाचार सम्प्रेषण नगर्न स्वास्थ्य संयोजक भगतले चेतावनी दिएका हुन् ।

समाचार शेयर गर्नुहोस
Leave a review