बारामा कोब्रा सर्पको डसाइबाट चार वर्षीय बालकको मृत्यु

साझेदारी डेलि
104 पाठक संख्या

बारा । बाराको विश्रामपुर गाउँपालिकामा विषालु कोब्रा सर्पको डसाइबाट आइतबार चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणको पकडिया घर भएका गजेन्द्र प्रसाद पालका चार वर्षीय छोरा आदित्य प्रसाद पाल रहेका छन्। उनी एक महिनादेखि आमासँगै बाराको विश्रामपुर गाउँपालिका–५, इटियाहीस्थित मामा घरमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मामा घरअगाडि खेलिरहेका बेला बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो। सर्पको डसाइबाट गम्भीर भएका उनलाई उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच ईसिजी गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट प्रहरी नायब निरीक्षक मनोज साह सोनारको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

बालकका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव घरमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

Leave a review