घण्टाघर चोकमा बासठ्ठी जना द्वारा रक्तदान

साझेदारी दैनिक
249 पाठक संख्या

वीरगञ्जको घण्टाघर चोकमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

अभिभावक संघ वीरगञ्ज पर्साको आयोजनामा भएको सो रक्तदानमा ६२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ६२ पोका रगत संकलन भएको हो ।

खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्नेमा चार जना महिला रहेका छन् । चार महिला तथा ५८ पुरुष गरी ६२ जनाले रक्तदान गरेका संघका अध्यक्ष सन्दिप साहले दिए जानकारी ।

कार्यक्रममा पुजा ढकाल,मनिषा कुमारी झा,पुनम यादव,ओनिका कुमारीले रक्तदान गरेका हुन् ।

सो कार्यक्रममा बलिराम चौधरी,सुशिल कुमार साह,बिवेक प्रसाद साह,राहुल सर्राफ,अरुण साह,सन्दिप सर्राफ,आकाश कुमार साह, राजकुमार राय लगायतले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसंचार केन्द्र वीरगन्जले गरेको थियो ।

Leave a review