रञ्जन यादब/
सशस्त्र प्रहरी बलले लकडाउनको उल्लङ्गन गरी नेपाल प्रवेश गर्दै गरेका पाँच जनालाई सिमा क्षेत्रबाट पक्राउँ गरेको छ । पक्राउँ पर्नेमा चार जना भारतीय र उनीहरुलाई लिन गएका एक जना जीतपुरसिमरा उपमहानगरपालिकाका नेपाली नागरिक रहेका छन् ।
बिश्रामपुर गाउँपालिका मुसहर्वा छठघाटको दशगाजा ईलाका हुँदै नेपाल प्रवेश गर्दै गरेका निजहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपि बरैनियाबाट खटिएको सप्रनि नारायण सिंह ऐरीको टोलीले पक्राउ गरेको थियो । प्रकाउ पर्नेमा भारत पश्चिम बंगाल बापुरा जिल्ला लाल बजार घर भएका बर्ष ४५ का माधव कर्मकार, वर्ष २३ का रखल कर्मकार, बर्ष २२ का अमर कर्मकार र भारत उत्तर प्रदेश समली जिल्ला धरमपुरा घर भएका बर्ष २८ का वकिल मंसुरी रहेका छन् ।
भारतिय नागरीकहरुलाई लिन गएका जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१० बलुवा बेहरा घर घई हनुमान मेटल्स प्रा.लि.नितनपुर बारामा कार्यरत बर्ष २७ का सुनिल यादव रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीतले बताउनुभयो ।
पक्राउँ परेकाहरुको साथबाट बा.२७ प २७९५ नम्बरको सुपर स्पेलेण्डर मोटर साईकल समेत बरामद भएको छ । पक्राउँ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाईने तयारी भईरहेको सशस्त्र प्रहरी उपरिक्षक कर्णजीतले बताउनुभयो ।