जिल्ला प्रहरी कार्यालय, बाराले सभ्य एवं सुरक्षीत रुपमा होली पर्व मनाउन अनुरोध गर्दै अपिल गरेको छ ।
बुधवार प्रहरीले एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो । होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थ्य र मर्यादित तवरले मनाउन आग्रह गरेको छ ।
प्रहरीले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्त संग मात्र होली खेलौँ, होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगरौँ, असभ्य र अश्लिल किसिमको होलीका नबजाऔँ र साँझ अवेला सम्म होली नखेलौं, कसैको ईच्छा विपरित रंग,लोला,मोविल,मोसो,केमिकल र फोहोर फाल्ने जस्ता काम नगरौँ, ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरेको छ ।
यसैगरी अशक्त,महिला,वालबालिका,जेष्ठ नागरीक,पैदल यात्री र बटुवालाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न अनुरोध गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसाार होलीमा गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन नगरौँ गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जनाईएको छ ।
सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य गरेमा वा गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रबक्ता दधिराम न्यौपानेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बारा प्रहरीले होली पर्वमा कुनै पनि अपराधिक गतिविधी हुन लागेको वा भएकोमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाईन नं. १०० वा बारा प्रहरीको फोन नं.९८५५०४५१०१ मा सम्पर्क गरी जानकारी गराउन हुन समेत आग्रह गरेको छ ।


