मुख्यमन्त्री यादवले गरे फेरी मन्त्री परिषद विस्तार,एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

साझेदारी दैनिक
साझेदारी दैनिक 150 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार फेरी मन्त्री परिषद विस्तार गरेका छन् ।

केन्द्र सरकारमा सत्ता समिकरण फेरिए पछि त्यसकै प्रभावमा प्रदेश सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेकाछन् ।

नवनियुक्त मन्त्री राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरी मन्त्री पदको शपथ लिएका हुन् ।

केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गरी शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाट पद तथा गोपनियताको सपथ लिएका छन् । राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका हुन् ।

सत्ता समिकरण फेरिएपछि सरकारमा आएको नेकपा एमालेलाई सरकारमा सहभागि गराउन मुख्यमन्त्री यादवले परिषद विस्तार गराएका हुन।

मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता गठबन्धनमा समेल नेकपा एमालेलाई सरकारमा लगिएको हो ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनु पर्ने बाध्यता छ

मधेस प्रदेशमा सवैभन्दा ठुलो दल नेकपा एमालेको सरकारसंग बहुमत रहेपनि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ ।

होली पर्व सकिएपछि प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री यादवले शनिवार सत्ता साझेदार नेकपा एमालेलाई सम्झैता अनुसार सरकारमा लैजान मन्त्रीपरिषदलाई विस्तार गर्नु भएका हो ।

मुख्यमन्त्री यादवले गत २०७९ फागुनमा विश्वासको मत लिएका थिए । यो पटक सहित यादवले तीन पटक विश्वासको मत लिइसकेका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review