कलैया सिटी जेसिज दुई वटा उत्कृष्ट पुरस्कारबाट सम्मानित

संदिप प्रसाद यादव
479 पाठक संख्या

फेब्रुअरी र मार्च महिनाको लागि एक सय प्रतिशत दक्षता कार्यक्रमको लागि परिपत्र अनुसार नेपाल जेसिसद्वारा तोकिएको सबै कार्यहरू सफलतापूर्वक सम्पन्न गरेपछि नेपाल जेसिजले कलैया सिटी जेसिजलाई दुई वटा पुरष्कारबाट सम्मानित गरेको छ ।

नेपाल जेसिजले दिएको टास्कमा रहेर दुई महिना शाखाले गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा कलैया सिटी जेसिजलाई दुई महिनाको उत्कृष्ट पुरष्कारबाट सम्मानित गरिएको हो ।

नेपाल जेसिज २०२४ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रबिन पोखरेलले कलैया सिटी जेसिजका अध्यक्ष पवनकुमार कुशवाहालाई सो दुई वटा पुरष्कार हस्तान्तरण गरेका हुन् ।

त्यसको फलस्वरूप कलैया सिटी जेसिजले शतप्रतिशत कार्यक्षमता अवार्ड नेपाल जेसिजबाट प्राप्त गरेको छ ।

कलैया सिटी जेसिजले पछिल्लो समय आफ्नो कार्यक्रमहरुलाई तिब्रता दिइरहेको अध्यक्ष कुशवाहाले बताए ।

सम्पूर्ण बोर्डका पदाधिकारी,पूर्व अध्यक्षहरू तथा महासचिव राजकुमार गिरीको अथक मेहनतको फलस्वरूप आफुहरूले उत्कृष्ट पुरष्कार प्राप्त गरेको कलैया जेसिजका अध्यक्ष कुशवाहाले बताए ।

Leave a review