विहे गर्न नमानेका बेहुला सहित पाँच जना धरौटीमा रिहा

साझेदारी दैनिक
917 पाठक संख्या

सुनको सिक्री नपाएको भन्दै विहे रद्ध गरेको आरोपमा विवाह सम्बन्धी कसुरको मुद्दा झेलिरहेका बेहुला सहित उनका परिवारका सदस्यहरु रिहा भएका छन ।

विवाह सम्बन्धी कसुरमा पक्राउ परेका बाराका बेहुला सहित पाँच जना धरौटीमा रिहा भएका हुन् ।

गत फागुन २८ गते राति जन्ति लिएर वीरगञ्ज महानगरपालिका–२४ मा आएका बेहुला बारा कलैया उपमहानगरपालिका–४ बस्ने उमेश साह गोढ,उनका बुवा बच्चालाल साह गोढ,बेहुलाका दाईहरु राकेश कुमार साह,मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका–५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन ।

पाँचैजनालाई सुनको सिक्री नपाएको निहुँमा विवाह छाडेर गईरहेको अवस्थामा पर्सा प्रहरीले पक्राउ गरेको थियो ।उनीहरु विरुद्ध जिल्ला अदालत पर्सामा गत चैत ९ गते जिल्ला अदालत पर्सामा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बितेको आईतबार सुनुवाई गर्दै अदालतका न्यायाधिश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माँग गर्ने आदेश दिएको थियो ।

आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएका छन् ।पाँचै जना विरुद्ध अभिषेक साह गोढको जाहेरीले विवाह सम्बन्धी कसुर अन्र्तगत अदालतमा मुद्दा दायर भएको हो ।

Leave a review

This will close in 0 seconds