जी. आर. अभागी/
बारामा धान काटेर मकै रोपेका किसानहरू मकैमा दाना नलागेपछि चिन्तित बनेका छन । गत बर्ष अन्य मकैको तुलनामा राम्रो उब्जनी हुने ९०८१, पाईनियर ३३५५, शंकर ५५५५ जातको मकैमा दाना नलागेपछि किसानहरू धमाधम काटेर गाई भैसीलाई खुवाउन बाध्य भएको छ ।
यो समस्या बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का मकै किसानहरुको समस्या हो । किन हरियै मकै काटेको भनेर सोध्दा भन्छन दाना नलागे पछि के गर्न त कमसे कम बस्तुभाउले त खान्छन्, स्थानीय भुवन वाग्लेले बताएका छन । बोट हेर्दा गतिलो छ घोगा देख्दा लोभलाग्दो छ तर दाना छैन दाना लागेकोमा पनि थोते छ, वाग्लेले भने ।
मकैमा समस्या देखिए पछि केही दिन अघि मधेश प्रदेशको कृषि मन्त्रालयबाट आएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १४ मा अनुगमन गरेको कृषि ज्ञान केन्द्र कलैयाका कृषि प्रसार अधिकृत राम जीवन ठाकुरले जानकारी दिए ।
यता वडा नम्बर १४ का बडा अध्यक्ष चयन गुरूङले भने हाम्रो वडामा मकैमा समस्या देखिए पछि कोहि पनि आएका छैनन। अनुगमनमा आएको प्रचार मात्रै हो ।
अर्का मकै किसान यज्ञ तिवारीले भने आय पनि यसो हेरेको जस्तो गरेर झारा तिर्ने बाहेक केही काम हुन्न । देशको मुहार फेर्ने भनेको भुई मान्छे किसाननै हुन तर किसानको समस्या बुझ्ने कोहि भएन ।
छिमेकी राष्ट्र भारतमा किसान आन्दोलन भयो सरकार हल्लिन्छ । तर नेपालमा मल,बीउ,सिचाई असाध्यै महंगो हुदा पनि किसानलाई राहत दिन कसैको ध्यान छैन । जसरि पनि मर्ने भनेको त किसाननै हो नी ! हैन र ? कमसे कम बीउ र रासायनिक मलमा पुर्ण अनुदान र बजारीकरण नभए सम्म हामी किसान कहिल्यै उभो लाग्दैनौ ।
मकैको घोघामा दाना नलाग्ने समस्या यो साल मात्रै हैन हरेक वर्ष भैरहेको छ । तर खै किसानले के पाउँछन् हामीलाई थाहा छैन । हामीले कहिल्यै पनि रहात पायका छौनौ । जीतपुर सिमरा १६ का अर्का किसान उद्दब नेपालले भने ।अनुदान आउछ नेताका आसेपासेले पाउलान तर वास्तविक किसान सम्म पुग्न सकेको छैन ।
‘कमसे कम दुई बिगाहा जमिन होण्डा लियर मकै खेति गरेका जीतपुरसिमरा १६ का किसान नवराज रिमाल भन्छन’ । यसपालि त हुण्डा(जग्गाको भाडा) तिर्न पनि हम्मे हम्मे पर्ला जस्तो छ । मकै फलाई त्यही हो हेरि हाल्नुभयो, ‘अब मकैको बीउ किनेको कता हो रासायनिक मल किनेको कता हो, हामीले कहिले पनि अनुदानको मल पाएका छैनौ रिमाले भने ।
रिमालको हाम्रो वडामा मात्रै कमसेकम गत बर्ष करिव ३०० ट्रक दाना मकै लोड भएको ठाउँमा ४५ बोरा रासायनिक युरिया मल आउछ, हामीलाई बोराका बोरा लाग्छ के गर्नु मल दिने निकायले नै पठाउदैन कि के हो ? मकैको बीउ प्रति किलो आठ सय पचास रूपैयाँमा किनेर रोपेको हो बीउको मात्रै करिब ४० हजार तिर्न बाकि छ । कसरी तिर्ने हो ,अनुदान आउछ कि? यसपालि आशामा बसेको छौ, रिमालले साझेदारीलाई पिडा सुनाए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कृषि शाखामा २४ वडामा यति जग्गामा मकै खेती भएको छ भन्ने यकिन डाटा छैन । किसानकै लागि रहेका तालुक निकायहरुमा किसानका समस्या र किसानका विवरण नहुनु एउटा बिडम्वनाको कुरा हो ।
जुन शाखाले किसानको मात्रै काम गर्ने भनेर खुलेको शाखासंग त डाटा छैन भने कृषि ज्ञान कलैयासंग पनि कति किसानले मकै रोपेका छन भन्ने एकिन विवरण छैन ।
मौसमका कारण पनि कतिपय किसानहरुले लगाएको मकै बालीमा दाना नलागेको एक एग्रोभेटका संचालकले बताएका छन । मकैमा घोगा लाग्ने बेलामा अध्याधिक चिसो भएका कारण पनि दाना नलागेको ती एग्रोभेट संचालकको भनाई छ ।


